Bisal Chautari Logo

१८ सांसदलाई कारबाहि गर्ने राप्रपको निर्णय

- ६ भाद्र २०७४, मंगलवार ०९:१८ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ६ मंगलबार । संविधान संशोधन गर्ने विपक्षामा भोट गने संसादहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाहि गर्ने निर्णय गरेको छ । आज बिहान बसेको आकस्मिक बैठकले पार्टी हृविप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो।
मंगलबार बिहान बसेको आकस्मिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए । बैठकले संसदमा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । ति सांसदहरुले पार्टी हित विपरीत काम गरेकाले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
साथै राप्रपाले सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकको दल दर्ता गर्न निर्वाचन आयोगलाई दिएको आदेशविरुद्ध कानुन व्यवसायीसाग परामर्श गरेर कानुनी उपचार खोज्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रतिक्रिया