political news
विशाल चौतारी समाचार
विरगञ्ज, २०७४ भाद्र १० शनिबार । तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशको चुनावमा सहभागि जनाएको राजपा नेपालले भाग लिने निणर्य गरेकै भालिपल्ट नै टिकटका विषयलाई लिएर नेता कार्यकर्ताबीच कुटाकुट भएको छ । पहिलो र दोस्रो चरणमा भएको स्थानीय तह चुनाव बहिष्कार गरेको थियो ।
पर्साको वीरगञ्ज महानगरपालिकाको टिकटका विषयलाई लिएर शुक्रबार नेताहरु एक आपसमा कुटपीटमा उत्रिएका हुन् । कार्यकर्ताबीच भएको कुटपीट र झडपले गर्दा शुक्रबार दिनभरजसो वीरगञ्जको राजपा कार्यालय क्षेत्र तनावग्रस्त बन्यो ।
झडप शान्त पार्न प्रहरी समेत जुटेका थिए ।
वीरगञ्ज महानगरपालिको उम्मेदवार छनोटका लागि स्थानीय कुमुप्यालेस होटेलमा भएको छलफलका क्रममा विवाद हुँदा कार्यकर्ताबीच झडप भएको हो । विहीबार मात्रै चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेको राजपा नेपालले शुक्रबार २ नम्बर प्रदेशको निर्वाचनका लागि पर्यवेक्षक चयन गरेको थियो ।
मेयर आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह समूहबीच झडप भएपछि राजपा केन्द्रीय उपाध्यक्ष तथा पर्यवेक्षक विजय गुप्ता मुकदर्शक बने । स्थिति नियन्त्रयणमा लिन प्रहरीले आएर हस्तक्षेप गर्नुपर्यो ।
राजपा केन्द्रीय प्रतिनिधि गुप्ताले महानगरपालिकाका मुखियाका आकांक्षी दुवै पक्षसँग छलफल थालेका छन् ।
शुक्रबार वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवार चयनका लागि केन्द्रीय, जिल्ला तथा जनवर्गीय संगठनका अगुवा कार्यकर्ताको भेला डाकिएको थियो ।
प्रतिक्रिया