Bisal Chautari Logo

गुम्बाका बौद्धधर्मावलम्बीहरुले सिडियोलाई दिए कालोमोस दल्ने चेतवानी

- १३ भाद्र २०७४, मंगलवार १०:५८ मा प्रकाशित


Nepali Buddhists
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १३ मंगलबार । भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थप आन्दोलन घोषणा गरेको छ ।
भूकम्पबाट क्षतिग्रस्त भएका गुम्बा, विहार तथा निजी आवास पुनर्निर्माण संघर्ष समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
आफ्ना मागहरुप्रति सरकार गम्भिर नभएको भन्दै उनीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । संघर्ष समितिका संयोजक सानुबाबु लामाले दोस्रो चरणको आन्दोलनबाट सरकारलाई भूकम्पबाट प्रभावित गुम्बा विहारहरुको पूर्न्निर्माण गर्न बाध्य बनाउने चेतावनी दिए ।
उनीहरुले जिल्ला प्रशासन प्रमुख र सम्वन्धित पक्षलाई कालोमोसो दल्नेसम्मका कार्यक्रम हुने बताए । त्यस्तै, समितिका सह–संयोजक सोम्वाले तामाङले सरकारले दोस्रो चरणको आन्दोलनलाई बेवस्ता गरे यो भन्दा कडा आन्दोलन थालेर सरकारलाई झुकाई छाड्ने चेतावनी दिए ।
घोषित आन्दोलनको कार्यक्रमहरुमा प्रधानमन्त्री कार्यलयलाई ज्ञापनपत्र बुझाउने, भूकम्प प्रभावित २५ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने लगायतको रहेको छ ।
यदि आफूहरुको माग सुनवाई नभए र ९९३ प्रभावित गुम्बालाई पूनर्निर्माणको लागि जम्मा भएको ९ सय करोड वजेटको उचित प्रयोग नभएमा आमहड्तालमा उत्रिने उनले चेतावनी दिए ।
तामाङ बौद्ध महासंघ नेपालका केन्द्रीय सचिव टेकराज मोक्तानले एनआरएन र विदेशीदाताहरुबाट गुम्बा विहार पूर्न्निर्माण सहयोगको लागि आएको रकमलाई गुम्बा विहार पूर्न्निर्माणमा उचित उपभोग गर्नको लागि सरकारलाई दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गरेको बताए ।

प्रतिक्रिया