Prachanda says Maubadi center will be first party in the 2 number state
विशाल चौतारी समाचार
रैतहट, २०७४ भाद्र १५ बिहिबार। २ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र पहिलो पटि हुने अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले दावि गरेका छन् । अध्यक्ष प्रचण्ड अहिले २ नम्बर प्रदेशको चुनावी अभियानको दौडधुपमा व्यस्त बनेका छन् ।
प्रेस सेन्टर रौतहटले बिहिवार सदरमुुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले असोज २ मा हुन लागेको स्थानीय निर्वाचनमा माओबादी केन्द्र सबैभन्दा ठुुलो दल हुुने दावी गरेका हुन् ।
प्रचण्डले भन ‘स्थानीय निर्वाचनमा राजपासँग चुनावी तालमेल हुनसक्छ त्यसका लागी छलफल समेत भईरहेको छ । सहकार्यका लागी केही बुुँदाहरुमा हालसम्म मिल्न सकिएकोछैन । आउँदो शनिवारसम्म सहकार्यको टुुंगो लागिसक्छ ।’
अध्यक्ष प्रचण्डले एमालेसँग चुनावी तालमेलको सम्भावना अत्यन्त कम रहेको भन्दै कुनैकुनै स्थानमा एमालेसँग पनि चुनावी तालमेल गर्न सकिने संकेत गरे ।
हालै भएको बर्षा र बढिले क्षति पुराएको आनुगमनमा रैतहट आएका, प्रचण्डले दक्षिणी सिमानामा भारतले निर्माण गरेका बाँधका कारण नेपाली ठूलो धनजनको क्षति व्यहोर्नुपरेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘बाँधका ढोकाहरु समयमै खोलेको भए क्षति कम हुन्थ्यो, नेपाल सरकारले अविलम्ब भारतीय पक्षसँग कुटनीतिक वार्ता गरेर यसखालको समस्या भविष्यमा नआउने ग्यारेण्टी गर्नु पर्छ ।’
रौतहट उद्योग वाणिज्य संघले बाढीबाट भएको क्षतिको सम्बन्धमा जानकारी गराउन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढीबाट सबैभन्दा प्रभावित रौतहट जिल्ला भएको र त्यसमा पनि सदरमुकाम गौरमा ठूलो क्षति भएको आफूले अनुभव गरेको बताएका थिए ।
प्रतिक्रिया