Bisal Chautari Logo

बाढी पीडितका लागि धुर्मुस सुन्तलीले चैथो एकीकृत नमुना बस्ती बनाउने

- १९ भाद्र २०७४, सोमबार ११:२७ मा प्रकाशित


Integrated model settlement of flood victims
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र १९ सोमबार । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकीकृत नमुना बस्ती बनाउने घोषणा गरेका छन् । महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाए लगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका हास्य कलाकार जोडी फेरी बाढि पिढितहरुका लागि नमुना बस्ति बनाउने घोषण गरेका छन् ।
उनीहरूले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेका हुन् । धुर्मुसले भने ‘उहाँहरू अझै पनि पालमुनी बसिरहनु भएको छ, हामी डुबानमा नपर्ने बस्ती बसाल्न चाहन्छौँ । कहाँ बनाउने टुंगो लागिसकेको छैन । आजदेखि अनुसन्धान थालेका छौँ । नमुना नेपाल अनुसन्धानकै चरणमा छ । त्यो बनाउन धेरै समय लाग्छ । तर, काम रोकिँदैन । दुवै सँगै चल्छ ।’
धुर्मुस–सुन्तलीले सहयोगका लागि अनुरोध गर्दै भने ठाउँ टुंगो लाग्नेबित्तिकै एकीकृत बस्तीको काम सुरु गर्छै । डुबानमा परेका तराईका जिल्लाहरूमा राहत वितरण तथा उद्धार कार्यमा पनि लागेका थिए ।

प्रतिक्रिया