Bisal Chautari Logo

किन ? डा. गोविन्द केसीले १२ औं अनसन स्थगित गरे

- ११ आश्विन २०७४, बुधबार ०७:३२ मा प्रकाशित


Why? Dr. Govind KC suspended Unsan
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ११ बुधवार। डा गोविन्द केसीले तीन दिनअघि सुरु गरेको १२ औं अनसन स्थगन गरेका छन। प्रा.डा केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका थिए ।

कारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाइएको छ । उनीद्वरा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।
डा.केसीले यसअघि आमरण अनशनस्थलमै आफ्नो आमाको हातबाट दसैँको टीका लगाउने योजना रहेको बताएका थिए । उनले भनेका थिए, ‘मेरो बुढी आमा हुनुहुन्छ । म हिन्दू धर्मावलम्बी हुँ । आमाको हातबाट टीका लगाउँछु ।’ अनसन सुरु भएको केही घन्टामा चिकित्सा शिक्षा ऐन पारित नगरी संसद् हाललाई स्थगित भएको तथा बडादशैं आएकाले हाललाई सत्याग्रहको कार्यक्रम स्थगित गरेको डा केसीले बताएका छन्।

प्रतिक्रिया