Dr. Govind KC
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २८ शनिबार । डा. गोविन्द केसीले आशामा नै अफ्नो जन्मदिन मनाएको छ । यो उनको ६२ औँ जन्मदिन हो । शुक्रबार उनलाई जन्मदिनको शुभकामना दिन उनका शुभचिन्तकहरु अनशन कक्षमै पुगेका थिए ।
उनको यो १३औं अनशन हो र नवौं दिन पुगेको छ । मुखमा अक्सिजन माक्स लगाएको छ । यसअघि डा. गोविन्द केसीले जन्मदिन कहिल्यै मनाएका थिएनन् । उनको यो जन्मदिन मनाएको यो पहिलो हो ।
‘जन्मदिन खुसी भएर मनाउनुपर्ने भए पनि हामी भावविह्वल छौं,’ डा. केसीका शुभेच्छुक जगन्नाथ लामिछानेले भने, ‘हामीलाई त त्यो दिन खुसीको हुनेछ, जुन दिन डा. केसीले राखेका माग पूरा हुनेछन् ।’ देशका लागि लडिरहँदा खुसी साट्न नभएर डा. केसीलाई समर्थन गर्न जन्मदिनको शुभकामना कार्यक्रम अनशन कक्षमै आयोजना गरिएको लामिछानेले बताए ।
‘असोज २७ मा जन्मदिन हो भनेर थाहा भए पनि यसअघि कहिल्यै मनाएको थिइन,’ डा. केसीले भने, ‘जन्मदिन मनाएको यो पहिलो हो । मेरा शुभेच्छुकले जन्मदिन मनाएकोमा धेरै खुसी छु,’ उनले भने, ‘यसरी अन्यायको विरुद्ध निरहार बसेको बेलामा भित्रैबाट त कसरी रमाउन सक्छु र ? म त त्यसदिन मात्रै रमाउनेछु जुन दिन हामीले राखेका माग पूरा हुनेछन् ।’
शुक्रबार संसद् बैठकमा चिकित्सा शिक्षा विधेयक पेस नहुँदा नेपाली जनतामाथि ठूलो धोका भएको डा. केसीले बताए । ‘देश माफिया र गुन्डाले चलाएको पुष्टि भएको छ,’ उनले भने, ‘नेपाली जनतालाई ठूलो धोका भएको छ, मेरो सत्याग्रह जारी रहन्छ ।’
प्रतिक्रिया