Even if there is no choice in two phases, count count will be together
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १ बुधवार । आगमी हुने चुनाव, दुई चरणमा भए पनि मत गणना भने एकैचोटी हुने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।
फाइल फोटो
पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने हुन्छ । १० मङ्सिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मङ्सिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।
जनशक्तिको कमी र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रतिक्रिया