Bisal Chautari Logo

ढाका टोपी र कालो चस्माको कडा प्रतिस्पर्धा, कसले बाजि मार्ला?

- १० मंसिर २०७४, आईतवार ०७:१८ मा प्रकाशित


Baburam and Narayan Kati between Strong competition
विशाल चौतारी समाचार
गोरखा ,२०७४ मंसिर १० आइतबार । प्रतिनिधि र प्रदेश सभाका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ। प्हिलो चरण्को चुनावमा सबैभन्दा कडा प्रतिस्पर्धा गोरखा २ लाई हेरिएको छ ।
चुनावको माहोले सबैतिर उतिकै भए पनि गोरखा २ तर्फ सबैको ध्ययन आकर्षण भएको छ । किन की कुनैबेला एउटै दलमा रहेका दुई नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ यहाँ चुनावी मैदानमा छन्।
नयाँ शक्तिका संयोजक भट्टाराईलाई कांग्रेसको साथ छ भने माओवादी नेता श्रेष्ठलाई एमालेले सघाएको छ। उनीहरूले आफ्नो मतदान केन्द्रमा मत खसालीसकेका छन्। दुवै नेताको भोट हाल्दाको गेटअप भने सधैँभन्दा भिन्न देखिन्छ।
श्रेष्ठले गोरखाको सिराञ्चोक गाउँपालिका ८ स्थित परोपकार आदर्श मावि जौबारीबाट भोट खसालेका छन्। उनी ढाका टोपी लगाएर भोट हाल्न गएका छन्। टोपीसँगै उनले माला पनि पहिरिएका देखिन्छन्।
भट्टराईले पालुङटार नगरपालिका १ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रमा मतदान गरेका छन्। मतदान गर्दा भट्टराईले कालो चस्मा लगाएका देखिन्छन्।

प्रतिक्रिया