विभिन्न २८ विधामा संलग्न ५५ जना व्यक्तित्वहरुका सकारात्मक र प्रेरणादायी प्रसंग पुस्तकमा समावेश गरिएको छ । ‘पुस्तकलाई परोपकारी पत्रकारिताको उदाहरणका रुपमा लिएको छु । पत्रिकामा समावेश लेखहरुलाई छनोट गरेर पुस्तकको रुपमा प्रस्तुत गरिएको हो । राम्रो कामलाई प्रोत्साहित गर्ने पत्रकारिता हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ सञ्चारकर्मी रवीन्द्र मिश्रले भने । लेखक अमर न्यौपानेले पुस्तकलाई फिल्मको ट्रेलर बताए । ‘सरल भाषा र शुद्ध वाक्यहरु पुस्तकमा समावेश भएका छन्,’ उनले थपे । कार्यक्रममा स्वामी आनन्द अरुणले नकारात्मक सोचलाई निरुत्साहित गरेर सकारात्मक सोच राख्ने बानीको सुरुवात गरे परिवर्तन सम्भव रहेको धारणा राखे । ‘नेपालको राजनीति कुहिएको आलुजस्तो हो, जहाा छिर्यो, त्यही असर गरिहाल्छ । राम्रा मान्छे भए पनि केन्द्रमा राजनीति गर्ने नराम्रा व्यक्तिका कारण तीन करोड जनताले दु:ख पाइरहेका छन्,’ उनले भने । कार्यक्रमको आयोजना घोस्ट राइटिङ नेपालले गरेको थियो । ‘पााच वर्षअघि सकारात्मक सोचका लेखहरु आउनुपर्छ भन्ने मान्यताले ‘गो अहेड’ नामक स्तम्भको जन्म भयो,’ लेखक ढकालले भने । कार्यक्रममा हरिवंश आचार्य, उपेन्द्र महतो र योगी विकासानन्द लगायतले बोलेका थिए । पुस्तकलाई रेकी योग प्रकाशनले बजारमा ल्याएको छ ।
प्रतिक्रिया