विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २७ मंगलवार । चितवन, मकवानपुर र सुनसरीमा गरी थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड -१९ ल्याव र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।
प्रयोगशालाका अनुसार थपिएका संक्रमितमा चितवनका ७२ जना छन् । यस्तै नवलपुर र मकवानपुरका ५/५, काठमाडौं, भक्तपुर, नुवाकोट, काभ्रे,गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।
किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ सय ९६ जनाको स्वाब परीक्षण गर्दा ७७ जना पुरुष र ४८ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो।
संक्रमितमध्ये हेटौंडा उपमहानगरपालिकाका १ सय ७, बागमती गाउँपालिकाका १४, मकवानपुरगढी गाउँपालिकाका एक र जिल्ला बाहिरका ३ जना रहेका छन् ।
धरानमा थप १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जना र ९३ जनाको बीपी प्रतिस्ठानमा गरिएको स्बाव परीक्षणका क्रममा थप १९७ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्फा एकेडेमीमा स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको छ । जसमा ३ जनाले पुनः परीक्षण गराएका थिए ।
थप १ सय ९७ संक्रमित भएसँगै धरानमा कोरोना संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ ।
Bisalchautari TV
प्रतिक्रिया