विशाल चौतारी समाचार
काठमाडौं , कार्तिक कार्तिक २८ शुक्रवार । कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।
महिला यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
प्रतिक्रिया