विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २ मंगलवार ।अरिंगालले टोक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरीको मृत्यु भएको छ ।
तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिंगालले टोक्दा घाइते भएकी १३ वर्षीया अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।
तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिंगालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।
टोकाइबाट घाइते उनीहरूलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ ।
नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।
अतिथिको मंगलवार पोखराको सेती नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
प्रतिक्रिया