ट्यालेन्ट शो मा ब्ल्याक कलरको ड्रेसमा उत्रिएकी थिइन्, अभिनेत्री रवीना । अभिनेत्री सन्नि लियोनको फिगरको मामलामा रवीनाले पुरै टक्कर दिएकी थिइन् । यी दुबै अभिनेत्रीले आ–आफ्नो फिगरलाई प्रयोग गर्दै पोज दिएका थिए । यी दुई अभिनेत्रीको अलवा मुग्धा पनि धेरै स्टाइलिस रुपमा प्रस्तुत भएकी थिइन् । अभिनेत्री सन्नि लियोनले ट्यालेन्ट शो को क्रममा पति डेनियलको साथपनि धेरै पोज दिएका थिए ।
अभिनेत्री सन्नि लियोनको ‘रागिनी एमएमएस–२’ सन् २०११ मा बनेको चलचित्र ‘रागिनी एमएमएस’को सिक्वेल हो । चलचित्रमा अभिनेत्री सन्नि लियोन सबैलाई डराउने भुमिकामा प्रस्तुत भएकी छिन् । केही समय अगाडी मात्र यस चलचित्रको गीत ‘चार बोतल बोदका’ र ‘बेबी डल’ रिलिज गरिएको थियो, र यी गितलाई दर्शक श्रोताहरुले खुबै मनपराएका पनि छन् । चलचित्र ‘रागिनी एमएमएस–२’को निर्देशक भुषण पटेल हुन्, भने शोभा र एकता कपुर यस चलचित्रका प्रोड्युसर हुन् । यो चलचित्र यहि आउदो मार्च २१ तरिकको दिन रिलिज हुदैछ ।
add
प्रतिक्रिया