विशाल चौतारी समाचार
विराटनगर , २०७७ मंसिर ५ शुक्रवार । सुनसरीका एक कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत ८८ वर्षीय बृद्धको शुक्रबार बिहान करिब ६ बजे मृत्यु भएको हो।
अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार इटहरी उपमहानगरपालिका ५ का बृद्धमा कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया