विशाल चौतारी समाचार
चितवन , २०७७ मंसिर ९ मंगलवार । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको हो ।
कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
१९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।
भरतपुर अस्पतालमा मंगलबार बिहान पनि रत्ननगर नगरपालिकाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो । चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
प्रतिक्रिया