विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १४ आइतवार । नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी घर भएका कोरोना भाइरस संक्रमित ५५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।
उर्लाबारी नगरपालिका–५ का ती पुरूषमा पेट दुख्ने, वान्ता हुने, छाती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ मा अस्पताल भर्ना गरिएको थियो ।
५ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि छुट्टै राखेर उपचार भइरहेकोमा शनिबार राति मृत्यु भएको ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।
प्रतिक्रिया