विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १६ मंगलवार । पार्टीको विवाद जटिल मोडमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक मंगलवार बस्दैछ ।
मंगलवारको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्दैछ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का आरोप खण्डन गर्दै जवाफी प्रतिवेदन पेश गरेपछिको अवस्थाबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै सचिवालयमा प्रस्ताव पेश गरेका थिए ।
ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ ।
ओलीले प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ गतेको सहमतिमा फर्किनुपर्ने लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् ।
नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ ।
प्रतिक्रिया