विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर २० शनिवार। कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था झन् गम्भीर बन्न थालेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई काठमाडौं ल्याइएको छ।
कोरोना सङ्क्रमण भई अक्सिजनको कमी देखिएपछि प्यासीलाई थप उपचारका लागि शुक्रबार दिउँसो हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।
प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका थिए। प्रेस सल्लाहकार खेमराज अधिकारीका अनुसा रप्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ ल्याइएको हो।
प्रतिक्रिया