Bisal Chautari Logo

काठमाडौंमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

- २२ मंसिर २०७७, सोमबार ०७:४१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७  मंसिर २२ सोमवार ।
काठमाडौंमा एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका ३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय अनिल तामाङ पक्राउ परेका हुन्।

उनलाई आइतबार राति प्रहरीले एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया