Bisal Chautari Logo

चलचित्र ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक

- २७ असार २०७९, सोमबार २१:४५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ आषाढ २७, सोमबार ।
चलचित्र ‘प्रपञ्च’को गीत सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौंमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘मुटुमा सास भर्ने आधार’ बोलको गीतमा मुख्य कलाकारहरु सुमन थापा र मेनुका माझीले अभिनय गरेका छन् ।
बिएस बलामीको निर्देशनमा बनेको चलचित्रको गीतमा सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको गीतको भिडियोलाई रोमान्टिक शैलीमा बनाइएको छ । यो चलचित्र असोजको २१ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रमा बद्री साह, अनिल गीता रवि राज आचार्यले मिलेर बनाएका हुन् । शिबानी बलामी कार्यकारी निर्माता रहेको चलचित्रमा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिमखडा, सिजन तिवारी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको एक्सन, प्रविन ढकालको सम्पादन छ ।

प्रतिक्रिया