Bisal Chautari Logo

सेन्सरले दियो ‘सम्हालिन्छ कहिले मन’लाई युनिभर्सल सर्टिफिकेट

- १४ भाद्र २०७९, मंगलवार २०:३६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र १४ मंगलबार ।
17 भदौबाट प्रदर्शनमा आउने फिल्म सम्हालिन्छ कहिले मनलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । युनिभर्सल सर्टिफिकेट पाएका फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउँछन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सुदर्शन थापाले निर्माण गरेका हुन् । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

त्रिकोणात्मक प्रेमकथामा यसअघि नै धेरै फिल्म बनिसकेको भएपनि यसको मेकिङ शैलि अलग भएकाले दर्शकले भरपुर मनोरञ्जन लिन पाउने निर्देशक थापाले बताए । “फिल्मले उपदेश वा शिक्षा दिदैंन । दैनिक कामबाट थकित भएर एक दिन समय छुट्याएर सिनेमाघर आउनुभएको छ भने कुर्सीमा आरामले बसेर मनोरञ्जन लिन पाउनुहुन्छ,” निर्देशक थापाले भने,”अभिनय, सिनेमाटोग्राफी, साउन्डलगायत सबै पक्षमा हामी सबैले वेस्ट दिएका छौं । कम्प्रमाइज गरिएको छैन । अलग स्ट्यान्डर्डको मेकिङ यसमा पाउनुहुन्छ ।”

फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देन मुख्य भूमिकामा छन् । त्यस्तै सरोज खनाल, गौरी मल्ल, धीरेन शाक्यलगायत कलाकारको पनि अभिनय छ । यस फिल्मको ९० प्रतिशत सुटिङ बेलायतमा गरिएको छ । त्यस्तै केही दृश्य दुबईमा खिचिएको छ ।

प्रतिक्रिया