मुम्बई : बलिउड अभिनेत्री कंगना रानावत आफ्नो पछिल्लो आउन लागेको चलचित्र ‘क्विन’को प्रोमोशनमा पछिल्लो समय ब्यास्त रहेकी छिन् । चलचित्रको प्रोमोशनको क्रममा अभिनेत्री कंगना मुम्बईमा निर्देशक विकाश बहलको साथमा देखिएकी छिन् ।

चलचित्र ‘क्विन’ को प्रोमोशनको क्रममा अभिनेत्री रानावतलाई सिनेमा पव्लिसिटी भन्दा बढि नाटक नखडा गरिरहेको रुपमा प्रस्तुत भएको देख्न पाइएको थियो । अभिनेत्री कंगना रानावतले चलचित्रको पोस्टरमा राखिएको आफ्नो जस्तो पोज छ, त्यस्तै पोजमा फोटोपनि खिचाएकी थिइन् । यति मात्र होइन, निर्देशक विकाशलाई पनि सोहि स्टाइलमा उभाएकि थिइन् ।

चलचित्र ‘क्विन’मा अभिनेत्री कंगनाको साथमा लिसा हेडन र राजकुमार रावपनि मुख्य भुमिकामा प्रस्तुत हुदैछन् । यो चलचित्रको केहि समय अगाडी सिनेमाको म्युजिक लन्चपनि गरिएको थियो । चलचित्रको म्युजिक अमित त्रिवेदीको रहेको छ । यस चलचित्रलाई अनुराग काश्यप र विक्रमादित्य मोटवानीले निर्माण गरेका हुन् । समाचारका अनुसार अभिनेत्री कंगनाको यो चलचित्र मे ७ मार्चमा हुने बताइएको छ ।
प्रतिक्रिया