विशाल चौतारी समाचार
काठमाडौं, १० फागुन । सुन्दरी, समाजसेवा, सहयोग र सामाजिक सदभावको अनुपम संयोजन शुक्रबार बेलुकी राजधानीमा देखियो । मिस मंगोल नेपाल २०१३ का विजेता मुस्कान लिम्बु, फस्ट रनरअप वाणी राई र सेकेन्ड रनरअप सोनु श्रेष्ठले सुरु गरेको सामाजिक अभियान पोजेटिभ स्टेप समापन समारोहमा प्रस्तुत गरिएको मौलिक फेसन सो, सांगीतिक प्रस्तुती अनि समाजसेवी दाताको उत्साहपुर्ण सहभागीताले अभियान समापनलाई रोमाञ्चक बनाएको हो ।

यस अभियान अन्र्तगत ताप्लेजुुङ जिल्ला मेहेले गाविस वार्ड नं ९ स्थित किरात राई स्कुलको भवन निर्माण गरिएको छ । गत असोज छ गते राजधानीमा वृहत सांगीतिक कार्यक्रम आयोजना गरी सुरु गरिएको यो अभियान शुत्रबार समापन गरिएको हो । विद्यालय भवन निर्माण सहयोगार्थ सुरु भएको यस अभियानमा स्वेदश एवं विदेशका समाजसेवी दाता एवं संघसंस्थाको उत्साहजनक सहयोगले ताप्लेजुुङ जिल्ला मेहेले गाविस वार्ड नं ९ मा अवस्थित किरात राई स्कुलको भवन निर्माण कार्य सफल भएको हो । भवन निर्माण अहिले अन्तिम चरणमा पुगेको छ । फागुनको अन्तिम साता मिस मंगोल नेपाल २०१३ का विजेता मुस्कान, बाणी र सोनु सो स्कुल उद्घाटन गर्न जाने भएका छन ।

विद्यालय भवन निर्माणको यस अभियानलाई पछ्याउादै अशोकप्यासी राईले वृत्तचित्र तयार गरेका छन । समाजका लागी ठोस सहयोग, सकारात्मक सन्देश र सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्ने भएकाले यस विषयलाई वत्तचित्रमा उतारिन लागेको हो ।

किरात राई भाषा र लिपि बारेमा अध्ययन अध्यापन भइरहेको यस स्कुलमा भवन निर्माण भएपछि शिक्षक, विद्यार्थी एवं स्थानीयवासी पनि उत्साहित भएका छन् । आर्थिक अभावका कारण भवन नहुादा चित्राको छानामुनि कक्षा सञ्चालन गर्न बाध्य यस विद्यालयले केही वर्षदेखी भवन बनाउने योजना बनाए पनि रकमको अभावमा सम्भव भएको थिएन । तर मिस मंगाले नेपाल २०१३ का विजेताले त्यसलाई पुरा गरिदिएका हुन् ।
प्रतिक्रिया