dipendra lama
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २३ शुक्रबार । पहिले अभिनेत्री गरिमा पन्तलाई कोलम्बोमा भएको सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि सम्मानको ओइरो नै लागेको छ । यस्तै क्रममा हिजो बिहीबार शीतल निवासमा बोलाएरै श्री सम्माननिय राष्ट्रपति रामबरण यादव ज्युले अभिनेत्री गरिमालाई बधाई दिनुभएछ ।
लामो समयदेखी चलचित्र पत्रकारीतामा कलम चलाउँदै आएका चलचित्र समिक्षक समाजका महासचिव दिपेन्द्र लामाले आफ्नो अफिसियल फेसबुक प्रोफाइलमा यहि बिषयमा लेखेका छन् । जुन स्ट्याटस अहिले चर्चामा रहेको छ । कमेन्टहरुपनि ओइरी रहेको छ ।
लामाले आफ्नो फेसबुकमा लेखेका छन् : – श्री महामहिम राष्ट्रपति रामवरण यादवज्यूले कोलम्बोमा भएको सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी गरिमा पन्तलाई बिहीबार शीतल निवासमा दर्शनभेट दिनुभएछ । खुसी लाग्यो ।
तर, राष्ट्रपतिज्यूलाई अवगत भएन छ कि के हो, अन्तर्राष्ट्िरय फिल्म सर्कलमा खासै प्रतिष्ठा कमाउन नसकेको उक्त सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘साँघुरो’ले रजत पदक र निर्देशक जोयस पाण्डेले स्पेसल जुरी मेन्सन पनि जितेका थिए । यी पुरस्कार पनि खुसी मनाउन लायककै हुन् । राष्ट्रपतिज्यूले बधाई दिँदा फरक पर्दैनथ्यो । तर, अफसोस तथाकथित सल्लाहकारहरुले राष्ट्रपतिज्यूकहाँ हिरोइनलाई मात्र सिफारिस गरिदिएछन् ।
हुन त राम्रो फिल्म बनाउनेलाई राष्ट्रपतिसँगको दर्शनभेट हुनु र नहुनुले खासै अर्थ राख्दैन । तैपनि श्री ५ ज्ञानेन्द्रजस्तै महामहिम राष्ट्रपतिज्यू पनि गलत आसेपासेको घेराउमा नै मस्त त हुनुहुन्न ? शंका गर्न सकिन्छ ।’
यहि फेसबुक स्ट्याटसलाई कमेन्ट गर्दै अर्का चलचित्र पत्रकार धनबहादुर खड्काले लेखेका छन् :– नाम यहाँ नलेखौं गणतन्त्र दिवसको दिन चियापानमा उच्च महत्व दिएर बोलाइएकी भर्खर फिल्म लाइनमा छिरेकी युवतीले भनिन्, ‘मलाई राष्ट्रपतिज्यूले बोलाउनुभएको भयै छ †’ म छक्क परेँ । सम्माननीय राष्ट्रपतिले त नहोला, पछिल्ला गतिबिधि हेर्दा उनका सल्लाहकारले महिला कलाकारलाई मात्रै उच्च महत्व दिइरहेका छन् जस्तो लाग्दैछ । नत्र कुनै एंगलबाट पनि ती बोलाइने युवती राष्ट्रपतिले चिया खुवाउन बोलाउने सानो सर्कलमा पर्ने देखिदैन । स्ट्याटस हेर्नका लागी यहा क्लिक गर्नुहोस् ।
adv
प्रतिक्रिया