मुम्बई : बलिउडको सानो पर्दामा आफ्ना फ्यानहरुलाई हसाएर चर्चामा रहेका चर्चित हास्य अभिनेता कपिल शर्मा अब बलिउडकै ठूलो पर्दामा पनि काम गर्ने भएका छन् । हास्य अभिनेता कपिलले केही समय अगाडी मात्र यशराज ब्यानरको नयाँ ३ वटा चलचित्रमा संझौता गरिसकेका छन् ।

कलर्स च्यानल मार्फत प्रशारण हुने गरेको कपिल विथ कमेडी नाइट्स मार्फत चर्चित हास्य अभिनेता शर्माले यशराज ब्यानरको साथमा पहिलो चलचित्रको रुपमा ‘बैंक चोरी’मा मुख्य भूमिका निर्वाह गर्ने बलिउड सञ्चार माध्यमहरुले जनाएका छन् । हास्य अभिनेता कपिलले यशराज परिवारको सदस्य बन्न पाउँदा आफूलाई निक्कै खुशी लागेको बताएका छन् । उनले यो चलचित्रका लागि आफूलाई निक्कै मिहिनेत गर्नुपर्ने बताउँदै आफ्नो भूमिका निक्कै चुनौतीपुर्ण र उत्तिकै महत्वपुर्ण भएको बताएका छन् ।
समाचारमा बताइए अनुसार चलचित्र ‘बैंक चोरी’ एउटा कमेडी सिनेमा हो । जहाँ तिन मुर्ख व्यक्तिहरु विभिन्न तबरले बंैक लुट्ने योजना बनाउँछन् । तर उनीहरुको हरेक कामहरु गलत हुन जान्छ ।
प्रतिक्रिया