विशाल चौतारी समाचार
काठमाडौं, ५ फागुन । नेपाली साहित्य, संगीत तथा
नेपाली साहित्य, संगीत तथा मनोरञ्जनको विविध बिधामा ‘अलग अभियान’ले नाम अनुसारको काम गर्दै आइरहेको छ । प्राय साहित्य र सङ्गीतको बेग्ला बेग्लै कार्यक्रम भइरहेको अवस्थामा अलग अभियानले साहित्य तथा सङ्गीत प्रेमीहरुलाई एकै ठाउँ उभ्याउँदै आएको छ । यस्तै क्रममा गत शनिबार कवि उपेन्द्र सुब्बा र सङ्गीतकार डक्टर किरातको विशेष उपस्थितिमा नयाँ गीत–कविताहरु सुनाउने–सुन्ने कार्यक्रम सम्पन्न भएको थियो ।

प्रत्येक महिना आयोजना हुने कार्यक्रमको फागुन शृङ्खलामा स्वप्निल स्मृति, रावत, दुतेन्द्र चाम्लिङ, चन्द्र रानोहाछा, छम गुरुङ, रोशन खड्का, लोचन ज्योती, सन्ध्या साम्पाङ,

धनहिरा राई, मन्जु मार्मिका, विशद लगायतका कविहरुले कविता वाचन गरेका थिए भने मेलिना राई, रेवत राई, भिमसेना राई, लिला तामाङ, सविना राई, सचिन राई, बबिना राई लगायतले नयाँ–नयाँ गीत गाएर सुनाएका थिए । मण्डल साम्पाङले हार्मोनियम र राजकुमार समालले गिटारमा साथ दिएका थिए ।
प्रतिक्रिया