bhishan mukarung rai new albam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असार ६ शुक्रबार । नेपाली सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक भिषण मुकारुण राई आफ्नो ४औ एल्बम ‘चन्द्रमुखी’ विमोचन गर्ने क्रममा रहेका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा २०५९ सालदेखी लगातार रुपमा लागिरहेका गायक मुकारुङको एल्बम ‘चन्द्रमुखी’ यहि असार ९ गते सोमबारको दिन विमोचन हुदैछ ।
‘विश्वासको बन्धन’ नामक पहिलो एल्बमबाटै चर्चामा आएका गायक मुकारुङको सोही एल्बममा समावेश ‘अधेरीमा जुन फुल्दा’ बोलको गीतलाई दर्शक श्रोताहरुले मनपराएका थिए । त्यस्तै दास्रो एल्बमको रुपमा क्रमश: ‘शक्सेस’ र तेस्रो एल्बम ‘माहोल’ बजारमा आइसकेका छन् ।
आफ्नो एल्बम र अन्य गीतहरु गरी लगभग २५० हाराहारीमा गीत गाइसकेका गायक भिषण मुकारुङले आफ्नो बजारमा आउन लागेको एल्बमको बारेमा विशाल चौतारीसंग कुराकानी गर्दै भने ‘दर्शक श्रोताहरुलाई लक्षित गरेर गीत संगीत सृजना गरिएकाले एल्बमका गीतहरु राम्रो बनेको छ । अहिले आफुले राम्रो भन्न भन्दापनि एल्बम सार्वजकि भएपछि त्यसको उत्तर मेरा दर्शक श्रोताहरुले नै दिनुहुनेछ’, गायक भिषण मुकारुणले बताए ।
विमोचन हुन लागेको एल्बममा मुकारुङको चर्चित गीत ‘अधेरीमा जुन फुल्दा’ नयाँ भर्सनमापनि राखिएको छ । एल्बम विमोचन संगै एल्बममा समावेश गीतको म्युजिक भिडियो सार्वजनिक गरिने योजनापनि रहेको गायक मुकारुङले बताए ।
ad
प्रतिक्रिया