विशाल चौतारी समाचार
काठमाडौं, २०८० असोज ८ सोमवार। फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरि लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिनेछ ।
चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पुर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहनेछ ।
सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्बाङ निर्माता रहने चलचित्रमा पुर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ । चलचित्रको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ ।
प्रतिक्रिया