sumi chamling rai
विशाल चौतारी समाचार
काठमाडौँ, २०७१, असार १९ विहिबार । चर्चित लोक आधुनिक तथा पप आधुनिक गायिका सुमी चाम्लिङ राईको ‘आउँन आउँ तिमी मेरो जिवनमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
केही समय अगाडी विभिन्न टेलिभिजनबाट सार्वजनिक भएको यो गीतको बारेमा बताउदै गायिका सुमिले भनिन्–‘दर्शकहरु तथा श्रोताहरुले एल्बमका गीतहरु धेरै राम्रो बनेको प्रतिकृया दिइरहका छन् । एल्बमका गीतहरु सार्वजनिक भएपछी नेपाल लगायत विभिन्न कार्यक्रम आयोजकहरुले कन्र्सटका लागी कुराकानी गरिरहेका छन् ।
मेरो स्वर तथा नेपाली संगीतका फ्यानहरुले युटुबबाट आज मात्र सार्वजनिक भएको गीत हेरेर राम्रो कमेन्ट दिइरहेको गायिका सुमीले बताइन् । सार्वजनिक भएको म्युजिक भिडियोलाई थाइल्याण्डमा सुटिङ गरिएको छ । डि.पि खनालको शब्द तथा धनु ग्याङ्मीको संगीतमा बनेको म्युजिक भिडियोलाई पछिल्लो समयका ब्यास्त निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । गोपाल रर्सालिले एरेञ्ज गरेको म्युजिक भिडियोमा सुप्रिया र सुजनले मोड्लिङ गरेका छन् । नितिन चन्दले खिचेको यस म्युजिक भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका हुन् ।
सार्वजनिक भएको ‘आउँन आउँ तिमी मेरो जिवनमा’ बोलको गीत गायिका सुमी चाम्लिङ राईको दास्रो एल्बम ‘जव सम्म’मा समावेश रहेको छ । ५ गीत समावेश गरिएको एल्बममा ‘जब सम्म, ‘आउँन आउँ तिमी मेरो जिवनमा, हराएको आफ्नो मान्छे, मलाई आखामा राखेर हेर र चनचल हुन्छ मन बोलको गीतहरु समावेश गरिएको छ । एल्बममा डि.पी खनाल, बसन्त सापकोटा, ओम प्रकाश राई, मिलन राईको शब्द रहेको छ, भने धनु ग्याङ्मी, बसन्त सापकोटा, ओम प्रकाश राईको संगीत रहेको छ ।
आज भन्दा करिव ५ वर्ष अगाडी होला, नेपाली साङ्गीतिक क्षेत्रमा औपचारीक रुपमा भित्रिएकी गायिका सुमी चाम्लिङ राईको पहिलो एल्बमको ‘दिक्तेल बजार’ बोलको गीतबाटै चर्चामा रहेकी थिइन् । उनको पहिला एल्बम ‘दिक्तेल बजार’ सार्वजनिक भएपछी रातारात गीत हिट भएपनी गायिका सुमी चाम्लिङ सोही समयमा बाहिर देश जान परेकाले संगीतमा लगनशिलता दिन सकेनन् । गायक राजेश पायलसंग गाएको सो एल्बमको ‘दिक्तेल बजार’ बोलको गीतलाई दर्शक श्रोताहरुले मनपराइदिएका थिए । अहिलेपनि पुर्वमा हुने विभिन्न कार्यक्रममा सोही गीत घन्किरहेको हुन्छ ।
Song Title:Aau Na
Vocal:Sumi Chamling Rai
Music:Dhanu Gyangmi
Lyrics:D.P. Khanal
Company:Rescue Creation
Actor:Supriya,Sujan
Director:SAMAN ADHIKARI
Camera:Nitin Chand
Edit:Rabindra Khadka
प्रतिक्रिया