kirat rai Journalism Award established
भिम राई
काठमाडौं, २०७१, असार २८, शनिबार । किरात राई पत्रकार संघले ‘किरात राई पत्रकार संघर्षशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । कृषि विशेषज्ञ मदन राईले दिनुभएको एक लाख रुपैयााको अक्षयकोषबाट पत्रकार संघले संघर्षशील पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।
पुरस्कार स्थापनाकालागि कृषि बिशेषज्ञ राईले राजधानीमा बुधबार किरात राई पत्रकार संघलाई आज चेक हस्तान्तरण गरेका छन् । अक्षयकोषबाट प्राप्त हुने बार्षिक ब्याजबाट प्रत्येक वर्ष एक जना किराती राई समुदायका पत्रकारलाई पुरस्कृत गरिने संघका अध्यक्ष राजेश चाम्लिङ राईले जानकारी जानकारी दिए । पुरस्कारले पत्रकारिताको क्षेत्रमा क्रियाशिल राई पत्रकारहरुको प्रतिभा र हौसला बृद्धि गर्न सघाउ पुग्ने संघले जनाएको छ ।
पत्रकारिताको माध्यमबाट समुदायको विकासको लागि योगदान गर्ने किराती राई पत्रकारहरुलाई हौसला प्रदान गर्नकालागि अक्षयकोष स्थापनाकालागि सहयोग गरेको कृषिविज्ञ राईले उल्लेख गर्दै संचार क्षेत्रमा किराती राई समुदायको उलेख्य उपस्थिती होस र राम्रो प्रगतीको समेत कामना गरेका छन् । समाजिक सेवा गर्ने चाहना अनुरुप संघलाई अक्षयकोषको लागि रकम प्रदान गरेको बताउादै आफ्नो समुदायको उपस्थिती शशक्त होस भन्ने चाहाना रहेको पनि उनले बताएका छन् । पुरस्कारले सिमित स्रोतको भरमा पत्रकारिता गरिरहेका पत्रकारकालागि पेशामा टिकिरहन उत्साहित बनाउने संघका संस्थापक अध्यक्ष गणेश राईले बताएका छन् ।
प्रतिक्रिया