Bisal Chautari Logo

भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’को गीत सार्वजनिक

- ४ असार २०८१, सोमबार १७:५१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ आषाढ ३ सोमवार 
असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ।  भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् ।

भिडियोमा चलचित्रका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन् । १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने चलचित्रमा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ ।

यो चलचित्रमा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य , अरुणा कार्की ,सुनील पोखरेल देखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत यसमा देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको चलचित्रलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यो चलचित्रलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

प्रतिक्रिया