Bisal Chautari Logo

सुशीलले ‘बन्दी’ नामक चलचित्र निर्माण गर्ने घोषणा

- ५ असार २०८१, मंगलवार १९:५९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ आषाढ ४ मंगलवार 
 निर्माता सुशील पोखरेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । पछिल्लो चलचित्र ‘राधे’ पछि फिल्म निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक चलचित्रनिर्माणको घोषणा गरेका हुन् । चलचित्रमा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ ।

निर्माण पक्षका अनुसार हाल चलचित्रका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले सामाजिक सञ्जालबाट चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
चलचित्रको कथा सुशील देवकोटाले लेखिरहेका छन् । सुशीलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया