Bisal Chautari Logo

चलचित्र ‘दान्भी’लाई उत्साहजनक शो

- ८ असार २०८१, शुक्रबार २०:१५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ आषाढ ७ शुक्रवार 
शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ । बुधबारदेखि मल्टिप्लेक्स हलहरूले चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।
क्युएफएक्सनले पहिलो दिनका लागि यो चलचित्रलाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ।आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर,बिग मुभीज रन्जनालगायतका  मल्टिप्लेक्स हलमा पनि चलचित्रले उत्साहजनक शो पाएको छ ।

उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो चलचित्र रिलिज हुँदैछ ।
रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ।

चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।
सिनेमामा सन्जोग  राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।
चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

प्रतिक्रिया