बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन २५ शुक्रवार । चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । चलचित्रको छायांकन गोदाबरीबाबट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर चलचित्रको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ ।
भोलिबाट चलचित्रका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, निश्चल बस्नेत र उपासना सिंह ठकुरी पनि छायांकन सेटमा जोडिनेछन् । चलचित्रको छायांकन अगाडि भैसेपाटीको कार्यविनायक मन्दिरमा शुभसाइत गरियो । शुभसाइत समारोहमा चलचित्रका सम्पूर्ण कलाकार, प्राविधिक उपस्थित थिए । चलचित्रमा प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । चलचित्रमा कृष्णबहादुर थापाको छायांकन छ ।
सामाजिक बिषयवस्तुलाई पर्दामा उतार्न लागिएको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । चलचित्रमा वुद्दिसागरको लेखन छ ।
चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण गरिदैछ । चलचित्रको काठमाडौंमा वितरण रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ । चलचित्रलाई यसै बर्ष रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
प्रतिक्रिया