Bisal Chautari Logo

‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला कलाकार विभिन्न जिल्लाका हलमा

- २८ भाद्र २०८१, शुक्रबार १७:२५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
 २०८१ भाद्र २८ शुक्रवार ।
प्रदर्शनरत चलचित्र ‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला चलचित्रका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार चलचित्रका अभिनेता पल शाह तथा चलचित्रकी निमात्री समेत रहेकी अभिनेत्रि पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए ।

दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरु दर्शकको घेरा भन्दा बाहिर जान सकेनन् ।

उनीहरुले फिल्म हलमा दर्शकसँगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि दर्शकले चलचित्रमा पल शाह र पुजा शर्माले एकदमै राम्रो काम गरेको र चलचित्रको छायांकन पक्ष पनि दमदार रहेको प्रतिक्रिया दिएका थिए ।चलचित्रपछि कलाकारद्धय पल र पुजा दर्शकसँग नाँचेका थिए । पल र पुजाले नेपालगञ्ज र धनगढीका दर्शकसँग पनि साक्षात्कार गरेका थिए ।

पल र पुजा दाङ आएको मौका पारी चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा साक्षात्कार गरेको थियो । संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा पल शाहले आफूले चलचित्रमा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको चलचित्र निर्माण भएको जानकारीसमेत दिए ।

अभिनेत्रि तथा निमात्री पुजा शर्माले चलचित्र राम्रो बनेको र चलचित्र हेरेका दर्शकले चलचित्र मन पराइदिएकोमा खुसी व्यक्त गरिन् । उनले दाङ जिल्लामा आफू पहिलो पटक आएको र आफूले दाङवासीहरुको असाध्यै माया पाउँदा प्रफूल्लित भएको बताइन् ।

प्रतिक्रिया