Bisal Chautari Logo

नेपालबाट ‘अस्कर अवार्ड’मा चलचित्र ‘शाम्बाला’ छनोट

- २८ भाद्र २०८१, शुक्रबार १७:३८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
 २०८१ भाद्र २८ शुक्रवार ।
चलचित्र ‘शाम्बाला’ अस्कर अवार्डका लागि सिफारिस भएको छ । अस्करको नेपाल छनोट समितिले आवेदन दिने अन्तिम मिति बिहीबारसम्म यस चलचित्रले मात्र आवेदन दिएकोले यसै चलचित्र सहभागी हुने समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले जानकारी दिए ।

चलचित्रले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्नेछ । ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।

नेपालको छनोट समितिले चलचित्रलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औँ अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदै छ ।

मीन बहादुर भाम निर्देशित चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायतका कलाकारहरूको अभिनय छ । चलचित्र आज शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया