Bisal Chautari Logo

प्रकाश सपुतको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ सकियो

- २२ आश्विन २०८१, मंगलवार २३:०८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
 २०८१ असोज २२ मंगलवार 
गायक तथा अभिनेता प्रकाश सपुतले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो चलचित्र “वसन्त” काे सुटिङ पूरा गरेर उनले साेमबार काठमाडाैमा डबिङ गरेका हुन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।
संगीतकार प्रशान्त शिवाकोटीले चलचित्रमा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । चलचित्रकाे देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ ।

प्रतिक्रिया