Bisal Chautari Logo

म्युजिक भिडियो सहित एल्बम ल्याउनमा ब्यास्त दिक्पाल

- २० श्रावण २०७१, मंगलवार १६:१४ मा प्रकाशित


Dikpal Rai 

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, श्रावन, २० मंगलबार । नेपाली सांगीतिक क्षेत्रमा नव गायक दिक्पाल राई छिट्टै आफ्नो एक म्युजिक भिडियोमा ब्यास्त बनेका छन् । गायक राईको एल्बम ‘बेदना’मा समावेश रहने गीत ‘जिन्दगीमा समयले भेल पहिरो चलाई दियो’ बोलको म्युजिक भिडियो समेत सार्वजनिक गर्ने क्रममा रहेका छन् । Dikpal Rai
गीतकार मनिपाल राईको शब्दलाई सुमन राइले संगीत गरेका छन् । गायक दिक्पालको जिन्दगीमा समय बोलको गीतको गत शनिबार मात्र गणेश इशाराको निर्देशनमा नबिन गुरुङले छायाँकन गरेका छन् । ललितपुरको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियोमा मोडलहरु निभिर्क राई, ज्ञान तामाङ् र संगीता राईले अभिनय गरेका छन् । nirbhik-rai
यस म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गर्नेछन् । अबको केहि दिनमै तैयार हुने यस म्युजिक भिडियो अत्यन्तै राम्रो बन्नेमा आफु ढुक्क रहेको निर्देशक इशाराले बताएका छन् । यस्तै गायक दिक्पाल राईले आफ्नो म्युजिक भिडियोमा सम्पूर्ण सुटिङ् टीमको कामबाट आफु सन्तुष्ट रहेको र म्युजिक भिडियो उत्कृष्ट बनेको प्रतिकृया दिए ।

प्रतिक्रिया