Bisal Chautari Logo

‘न्याय’ शिर्षकमा ‘आउटलः दफा २१९’को ‘र्याप प्रतियोगीता’

- १३ फाल्गुन २०८१, मंगलवार १७:१० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १३ मंगलवार ।
फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ ।
यो चलचित्रको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । चलचित्रको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ । यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्रको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।
यो चलचित्रले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको चलचित्रका निर्माता अमित अग्रहरिले जानकारी दिए ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माताको रुपमा छन् ।
चलचित्रमा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन छ । यो चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । 

प्रतिक्रिया