Bisal Chautari Logo

खेम सेन्चुरी र संगीता थापा मगरको ‘धेरै नरिसाउँ’ गीत सार्वजनिक

- १६ फाल्गुन २०८१, शुक्रबार १६:१५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन १६ शुक्रवार।
अहिलेका सर्वाधिक लोकप्रिय लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘धेरै नरिसाउँ’ बोलको गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रमेश परियारको शब्द र संगीत छ । रमेश पछिल्लो समयका लोकप्रिय सर्जक मानिन्छन् । उनले बनाएका अधिकांश गीत लोकप्रिय छन् ।

गीतको भिडिओमा नायक पुष्प खड्का र नायिका सनिशा भट्टराईले नृत्य गरेका छन् । नवराज उप्रेतीको टिमले खिचेको भिडिओलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडिओको सम्पादन भने मिलन बिश्वकर्माले गरेका हुन् ।

यो गीतलाई गायिका संगीताले प्रस्तुत गरेकी हुन् । पछिल्लो समय अमेरिका बस्दै आएकी संगीता अहिले नेपालमा छिन् । नेपालमा रहदा उनले गीत ल्याइरहेकी हुन्छिन् । अहिलेको गीतबाट ठुलो अपेक्षा लिएको गायिका संगीताले बताएकी छिन् । 

प्रतिक्रिया