Bisal Chautari Logo

‘आउटलः दफा २१९’को ‘अन्धो कानुन’ बोलको गीत सार्वजनिक

- २४ फाल्गुन २०८१, शनिबार १९:३४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २४ शनिवार ।
फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ ।

मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् ।
यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले यो चलचित्र खिचेका हुन् ।
सार्वजनिक गीतलाई दर्शकले निकै मन पराएका छन् । चलचित्रको यो गीतले जनताको आवाज बोलेको भन्दै चलचित्रप्रति उत्साह अझै थपिएको दर्शकको प्रतिक्रिया छ ।
यो गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ ।
यो चलचित्रलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।
यो चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको चलचित्रमा साहिल खानको सम्पादन छ । चलचित्रको ट्रेलरलाई दर्शकको उच्च साथ मिलेको छ । यसको मेकिङ, प्रस्तुति, कलाकारहरुको अभिनय र एक्सनको सर्वत्र तारिफ भइरहेको छ । यसैले, यो चलचित्रले दर्शकको सुखद साथ पाउने विश्वास गरिएको छ । 

प्रतिक्रिया