बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ फागुन २४ शनिवार । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ मा अभिनेता प्रकाश घिमीरे भित्रिएका छन् । चलचित्रको शीर्ष भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए । निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमीरेलाई अनुबन्धित गरेको हो ।
चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल, प्रकाश घिमीरेका साथमा रबिन्द्र झालगायतका चर्चित कलाकार अनुबन्धित भइरहेका छन् । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको चलचित्रको निर्मातामा सावित्रा चिलुवाल,आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत छन् ।
बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको चलचित्र उषा फिल्मसको ब्यानरमा निर्माण हुदैछ । चलचित्रका अन्य कलाकार र प्राबिधिकको चयन कार्य धमाधम भइरहेको जानकारी निर्देशक गिरीले दिएका छन् । उनले आफ्नो चलचित्र तिहारको अबसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने बताएका छन् ।
प्रतिक्रिया