Bisal Chautari Logo

‘नरसिंहाः अवतार’ चलचित्रमा उषा खड्गीको डेब्यू

- २५ चैत्र २०८१, मंगलवार १९:३५ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,२०८१ चैत्र २६ मंगलवार।
सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले चलचित्रमा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले चलचित्रमा डेब्यू गरेकी हुन् । उनको डेब्यू अभिनय रहेको चलचित्र ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।
चलचित्रमा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, यसको निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ ।
सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ ।
यो चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, चलचित्रमा उनी नायक राजेश हमालको जोडीको रुपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् ।
उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, चलचित्रमा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उषाको भनाई छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । 

प्रतिक्रिया