Sunita Pradhan and Anushil Shrestha albam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र ७ शुनिबार । नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’ एल्बम मार्फत नया गायिकाको आगमन भएको छ । विगत १६ वर्षदेखि हङकङमा बस्दै आएकी नव गायिका सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’ श्रोतामाझ आएको छ । आज राजधानिमा आयोजित एक पत्रकार सम्मेलनको आयोजना गरी एल्बमको विमोचन गरिएको छ ।
पत्रकार तथा गीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको एल्बम ‘आरोही’ लाई कुन्ती मोक्तान, संगीता राणा प्रधान, सुक्मित गुरुङ, ज्ञानु राणा, मनिला सोताङ लगायतले विमोचन गरेका थिए । एल्बम विमोचन समारोहमा रत्न शम्सेर थापा, दिप श्रेष्ठ, शक्ति बल्लव, राजेश पायल राई, धिरज राई, सिने गुरुङ, बुलु मुकारुङ, प्रेमध्वज प्रधान लगायत नेपालका चर्चित साङ्गीतिक हस्तिहरु उपस्थित रहेका थिए ।
६ गीत समेटिएको एल्बम विमोचन समारोहमा सदावहार वरिष्ठ गायक दिप श्रेष्ठ, गायिका लोचन भट्टराई, संगीतकार राजु सिह लगायतले एल्वमको बारेमा बोलेका थिए । एल्बम ‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोक श्री, हरि लम्साल, कल्याण सिंह, कमल खत्री सहित ६ जना संगीतकारहरूको संगीत सिर्जना रहेको छ । यस एल्बममा फूलमा खोजें तिमीलाई…, आमा…, शहरभरि…, जतिसुकै लुकाउ माया…, हावा जस्तो हलुङ्गो मन…, मतलब छैन… बोलका पप, आधुनिक, लोक–आधुनिक गीत छन्् । एल्बमलाई सान्ताना रेकर्डले श्रोतामाझ ल्याएको हो ।
[gss ids=”5075,5076,5070,5071,5069,5073,5072,5074″]
परदेशमा रहदापनि नेपाली गीत–संगीतमा सक्रिय सुनिताले हङकङमै संगीतकार दिनेश सुब्बासग ५ वर्ष संगीत सिकेको आफ्नो प्रेस विज्ञप्ति लेखेका छन् । अहिले नेपालमा शास्त्रीय संगीतकी गुरुआमा तथा गायिका संगीता प्रधान रानालाई गुरुआमा बनाएर संगीत सिकिरहेको गायिका सुनिताले बताइन् ।
त्यस्तै विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय डम्बरकृष्ण श्रेष्ठले साहित्यिक नाम अनुशीलबाट गीत–रचना गर्न थालेको डेढ दशक भइसकेको छ । ‘आरोही’ अनुशीलका शब्द रचनामा पहिलो एकल एल्बम हो । गायक राजेशपायल राईको एल्बम कामना (२०६०) मा ‘को रुदैन होला..बोलको गीतबाट नेपाली साङ्गीतक क्षेत्रमा रचनाकारको नाम थपेका थिए । एल्बममा रहेको राजु सिंहको संगीतको ‘फूलमा खोजें तिमीलाई…’ र कमल खत्रीद्वारा संगीतबद्ध ‘मतलब छैन यो दुनियाको…’ बोलको गीत फुर्वा शेर्पा र नमित चन्दको निर्देशनमा म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । photo by : bisalchautari.com
प्रतिक्रिया