nepal Critics Award 2070 best actor, actress, director, movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, भाद्र १० मंगलबार । नेपाल चलचित्र समिक्षक समाजले पहिलो पटक काठमाण्डौमा ‘क्रिटिक्स अवार्ड २०७०’ वितरण गरेको छ । गत सोमबार सिंह दरवार पुर्वीगेट नजिकै रहेको मण्डला नाटक घरमा आयोजित अवार्ड समारोहमा सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विभिन्न ७ विधामा अवार्ड पाउन सफल चलचित्रकर्मीहरुलाई पुरस्कृत गरेका थिए ।
अभिनेतातर्फ चलचित्र ‘मोक्ष’बाट कोशिश क्षेत्रीले अवार्ड प्राप्त गर्दा अभिनेत्रीतर्फ चलचित्र ‘उमा’बाट ऋचा शर्माले अवार्ड हात पारेकी छिन् । चलचित्र ‘कर्कश’बाट लोकेश बज्राचार्यले सम्पादन विधामा, शैलेन्द्र डी कार्कीले ‘वधशाला’बाट छायांकन विधामा, उत्कृष्ट पटकथातर्फ ‘साँघुरो’बाट विनोद पौडेल, चलचित्र ‘साँघुरो’बाटै जोयस पाण्डेले उत्कृष्ट निर्देशकको अवार्ड जिते । स्म्यासिङ एप्पलले निर्माण गरेको चलचित्र ‘वधशाला’ समिक्षकहरुको नजरमा उत्कृष्ट सिनेमा ठहरियो । समिक्षक समाजले हरेक बर्ष अवार्डलाई निरन्तरता दिने बताएको छ । यस्तै समिक्षक समाजले भदौ २३ गतेबाट हरेक महिनाको सोमबार विश्वभरीका एक चलचित्र प्रदर्शन गरिने पनि बताएको छ ।
[gss ids=”5121,5122,5123,5120,5119,5117,5118,5116,5115,5114,5113,5112,5109″]
Critics Award 2070 best actor (nepal)
Critics Award 2070 best actress (nepal)
Critics Award 2070 best director (nepal)
Critics Award 2070 best movie (nepal)
प्रतिक्रिया