मुम्बई : गत २४ जनवरीमा रिलिज भएको अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘जय हो’ को पहिलो दिनको रिलिज ओपनिङ कलेक्सन २० करोडको गरेको छ । केहि समय अगाडी रिलिज भएको चलचित्र ‘धुम ३’को ओपनिङ कलेक्सन ३६.२२ करोडको व्यावसाय गरेको थियो ।

चलचित्र ‘जय हो’ले मुम्बई, ब्याङलोर तथा अन्य धेरै स्थानहरुमा चलचित्रलृे सोचे अनुरुपको व्यावसाय गरेन । तर बलिउडमा एउटा राम्रो चलचित्रले यति व्यावसाय गर्न भनेको नराम्रो मानिदैन ।

चलचित्रले शनिवारको दिन ३० करोड र आइतवारको दिन ३५ करोडको कलेक्सन गर्ने अपेक्षा लिइएको थियो । तर पहिलो दिनको अपेक्षाले नै धोका खाएपछि चलचित्रले धेरै राम्रो व्यावसाय गर्ने सोचिएको छैन ।
प्रतिक्रिया