Bisal Chautari Logo

पुन: १ महिना जेल बाहिरै रहन आग्रह गरे संजयले

- ७ माघ २०७०, मंगलवार १४:३३ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेता संजय दक्त अझै १ महिना जेल बाहिर नै रहने भएका छन् । पत्नी मान्यताको स्वास्थ्य अवस्था बिग्रिएपछि संजय १ महिना अघि जेल बाहिर आएका थिए । उनी भारतको यरवदा जेलमा सजाँय काटिरहेका छन् । पुणेका डिविजनल कमिश्नर प्रभाकर देशमुखले अभिनेता संजयको आग्रहलाई स्विकार गर्दै १ महिना अझै बाहिर रहन स्विकृती दिएका हुन् ।
अभिनेता संजयले पत्नी मान्यताको स्वास्थ्य अवस्थामा अझै सुधार नआएको भन्दै १ महिनाको ‘पेरोल’ बढाइदिन आग्रह गरेका थिए । ४ महिनाको अन्तरालमा संजय दत्तलाई २ पटकसम्म ‘पेरोल’ दिइएको छ । यस्तै उनलाई केहि समय अगाडी १ पटक छुट्टी पनि दिइएको थियो । अभिनेता संजयलाई पत्नी मान्यता बिरामी भएपछि १ महिना अघि जेल बाहिर जान अनुमती दिइएको थियो । उनका श्रीमति मान्यतालाई अस्पतालमा भर्ना गराइएको छ । उनलाई १ महिनाको लागि दिइएको ‘पेरोल’ जनवरी २१ मा सकिदैछ । संजयलाई यस्तो सुविधा दिएपछि जेल प्रशासनको कार्य माथि औला उठ्न थालेको छ । अभिनेता संजयलाई अवैध हतियार राख्ने मामलामा सजाय सुनाइएको थियो ।

प्रतिक्रिया