mohan rai song mitadoni chiyungman syamani
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, भाद्र २२ आइतबार । केही समय अगाडी एल्बम साम्योङ लिएर नेपाली साङ्गीतिक क्षेत्रमा भित्रिएका नव गायक मोहन राई पहिलो म्युजिक भिडियो गीत ‘यो आखाले ताकेको’को सफल्तापछि नयाँ गीत रेकर्ड गर्नमा ब्यस्त रहेका छन् । यस्तै क्रममा आज क्रिपा स्टुडियोमा गायक राईको बिल्कुलै नयाँ स्टाइलमा गीत रेकर्डिङ सकाएका छन् ।
राई भाषामा रहेको ‘मितादोनी चितुङ्मा स्यामानि, झारा बैनी चिआसो छाम्मानी’ बोलको गीत रेकर्डिङको क्रममा गायक मोहन राईले बताए अनुसार यस गीतको केही हप्तापछि नै म्युजिक भिडियो सुटिङ गरिनेछ । आफ्नो पहिलो गीतको बारेमा दर्शकहरुले दिएको प्रतिकृया सुनाउदै गायक राईले भने–‘अहिलेको समयमा म्युजिक भिडियो बिल्कुलै नयाँ किसिमको हुन जरुरी रहेछ । दर्शकहरुले सो गीत यो किसिमले मनपराउछन् भन्ने सोचेको थिइन । त्यसैले अब यो आज रेकर्डिङ भएको गीतलाई पनि बिल्कुलै नयाँ ढंगमा निर्देशन गरिदैछ’, गायक राईले बताए ।
पहिलो एल्बमको पहिलो म्युजिक भिडियो ‘यो आखाले ताकेको’मा सन्दिप, शिशिर, लुनिभा, वर्षा र मामाको भुमिका स्वयम गायक मोहन राईले गरेका छन् । यस म्युजिक भिडियोमापनि गायक स्वयम आफै देखिदैछन् । यस गीतमा विनोद खम्बुको संगीत तथा टिका चाम्लिङको शब्द रहेको छ ।
[gss ids=”5368,5369″]
प्रतिक्रिया