युवाकालमा भारतीय चलचित्र कलाकार सञ्जीव कुमार र दिलीपकुमार मन पर्थे मलाई । म कुनै पुरुषप्रति आकर्षित थिएँ भने तिनै दुई थिए, तर पर्दामा मात्रै सीमित थियो यो आकर्षण । यो कुरा साथीहरूलाई पनि थाहा थियो । ती हिरोजस्तो देखिने कुनै पुरुष आए उनीहरू मलाई जिस्क्याउँथे– ‘हेर् त तेरो हिरो आयो †’
युवाकालमा भारतीय चलचित्र कलाकार सञ्जीव कुमार र दिलीपकुमार मन पर्थे मलाई । म कुनै पुरुषप्रति आकर्षित थिएँ भने तिनै दुई थिए, तर पर्दामा मात्रै सीमित थियो यो आकर्षण । यो कुरा साथीहरूलाई पनि थाहा थियो । ती हिरोजस्तो देखिने कुनै पुरुष आए उनीहरू मलाई जिस्क्याउँथे– ‘हेर् त तेरो हिरो आयो †’ सायद यो सबैको जिवनमा आउने स्वाभाविक आकर्षण थियो । तर, बिहे गर्ने, घरजम बसाउने कुरा मेरो मनमा पलाउँदै पलाएन ।
मेरा समकालीन र अग्रजहरुलाई मेरो स्वभाव थाहा थियो । सुरुसुरुमा ‘अब बिहे गर्नुपर्छ’ भन्नेहरू दोहोर्याएर भन्दैनथे । भन्थे– ‘यसलाई सम्झाउनु बेकार छ, आफुलाई जे लाग्छ त्यही गर्छे, अरूले भन्दैमा आफ्नो विचार बदल्नेवाला छैन ।’ पुरुषप्रधान समाज महिलालाई एक्लो र बिचरा भन्छ । तर मलाई चाहिँ पुरुषहरु बिचरा लाग्छन् । अविवाहित महिलालाई एक्लो बुझ्नु गलत हो ।
छोरी मान्छेले बिहे गर्नैपर्छ भन्ने मान्यता मेरा अभिभावकमा पनि थियो । तर, मैले उनीहरूलाई कन्भिन्स गराउन सकें– ‘बिहे नगरे पनि म कहिल्यै एक्लो महसुस गर्नेछैनँ । मलाई कसैको अभाव छ भन्ने अवस्था सिर्जना नै हुन दिन्नँ ।’ मेरो यो भावनामा सबैको साथ रह्यो ।
हुन पनि मलाई आजसम्म एक्लो भएको अनुभूति छैन । कस्तो जीवन रोज्ने भन्ने सम्बन्धित व्यक्तिको रुचिमा भर पर्छ । कसैलाई पुरुषसँगको जिवन मन पर्ला, कसैलाई पृथक् । मेरो अहिलेको जीवन मेरो रोजाइ हो ।
कतिलाई म घमन्डी लाग्छु होला । मेरो स्वभाव छ नै यस्तै आत्मविश्वासी । आफूलाई ठीक लागेको मात्रै गर्छु, बेठिक लागेको कुरामा जति गरे पनि कन्भिन्स हुन्नँ । त्यसैले मलाई बहकाउने प्रयास कसैले गर्दै नगरे हुन्छ ।
चलचित्रमा अभिनय गर्दा मलाई मिथिला शर्माको वास्तविकता हराएको आभास हुन्छ । प्राय: आममहिलाले भोग्ने दु:ख, पीडा र रोदनको अभिनयमा देखिन्छु । मलाई हतार हुन्छ, सबल भावना भएकी मिथिला शर्मासँग बसेर एक कप चिया खाँदै संवाद गर्ने । उसलाई बुझाउन हतारिन्छु– ‘यो अभिनय मात्रै हो है, मेरो वास्तविकता होइन । वास्तविकतामा त कुनै बन्धन र पीडा नभएकी सबल पो छे त मिथिला †’
केही समय पहिले एउटा चलचित्रमा भुवन केसीसँग जोडी भएर खेल्ने फिक्स भयो । भुवन दाइले निर्मातानिर्देशकसँग भन्नुभएछ– मिथिलालाई आमा, बहिनी, भाउजू बनाएर खेल्न सक्छु तर यो भूमिकामा चाहिँ खेल्दिनँ ।’ त्यो फिल्म हामीले खेलेनौं । पछि भुवनदाइले फोन गर्नुभयो– ‘मिथिला तिमी रिसाउन न रिसाइनौ नि †’ मलाई त उहाँको व्यवहार देखेर आनन्द पो लाग्यो । उहाँले गरेको त्यो आदर सम्झँदा खुसी लाग्छ ।
त्यसो त चलचित्रको पात्रका लागि गरिने शृंगार पनि वास्तविक मिथिलालाई मन पर्दैन । मेरो अन्तर्मनलाई त्यो नपचेजस्तो लाग्छ । मनभित्र अन्तद्र्वन्द्व सुरु हुन्छ । तर, कलाकारिता त मेरो धर्म हो । व्यक्तिगत चाहनाभन्दा चरित्रप्रति न्याय गर्न सक्नु पर्छ । त्यसपछि आफ्नो वास्तविकता बिर्सेर त्यही चरित्रमा डुबिदिन्छु केही समयलाई । यो कलाकारिताप्रतिको सम्मान हो । नाच्ने क्रममा स्टेजमा कयौं पटक लडेकी छु । बेल्ट फुत्केको छ, सेफ्टी पिन आध इन्चसम्म गडेको थियो । गीतको भावअनुसार नाच्दा कहिले उत्ताउली हुन्छु, कहिले भावुक । त्यो कला हो, म पनि गर्छु ।
विभिन्न जिल्लामा जाँदा थुप्रै महिलाले भनेका छन्– ‘तपाईंले बिहे नगरेर ठीक गर्नुभयो । तपाईंले कसैको दबाब महसुस गर्नुपर्दैन ।’ म वास्तवमै स्वतन्त्र छु । जे छु त्यसैमा सन्तुष्ट छु । आमा समानकी दिदी मधुरिका शर्माले मलाई सधैं साथ र हौसला दिनुभएको छ । गायिका विमला राई मेरी घनिष्ठ साथी हुन् । सबैले मेरो सफलतामा साथ दिएका छन् । मलाई आजसम्म एक्लो अनुभूति हुन दिएका छैनन् । त्यसैले मलाई बिहे गरिनँ भन्नेमा कुनै पछुतो छैन, न त कुनै दिन होला ।(कुराकानिमा आधारीत)
प्रतिक्रिया